• ट्रेण्डिङ्ग :
काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा

काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा


  • 4.3K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.5K Views

    काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा

    काठमाडौँ, २७ कात्तिक । मंगलबार बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । आईक्यू एयरका अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० स्थानमा रहेको छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ । 

    images

    आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ । त्यहाँ एक्यूआई ७७३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई ३११ रहेको छ ।

    त्यसपछि शीर्ष स्थानमा क्रमशः कंगोको किनसासा, उज्बेकिस्तानको तास्केन्त, भियतनामको हानोई, इजिप्टको कायरो, बहराइनको मानामा, बोस्निया हर्जगोविनाको साराजेभो र भारतको मुम्बई रहेका छन् ।

     


    तेस्रो आँखा