सांसद दीपक मनाङे पक्राउ

सांसद दीपक मनाङे पक्राउ


  • 3.1K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.8K Views

    सांसद दीपक मनाङे पक्राउ

    काठमाडौँ २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान राजधानीको सानोभर्‍याङबाट प्रहरीले पक्राउ गरेको हो ।

    images

    सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो ।  मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो ।

    सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन् । उनी पहिले केही समय जेल बसेर छुटेका थिए । 


    तेस्रो आँखा