• ट्रेण्डिङ्ग :
बागमतीमा मन्त्रालय फुटाएर १४ पुर्‍याइयो

बागमतीमा मन्त्रालय फुटाएर १४ पुर्‍याइयो


  • 1.9K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.0K Views

    बागमतीमा मन्त्रालय फुटाएर १४ पुर्‍याइयो

    हेटौँडा २७ कात्तिक । बागमती प्रदेशमा १४ मन्त्रालय बनाइएका्े छ । प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागीय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाएर १४ मन्त्रालय  पुर्‍याइएको हो । पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    images

    सयदिनभन्दा बढी विनाविभागीय मन्त्री भएका श्रेष्ठले अब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् । यससँगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन्। यसअघि १३ मन्त्रालय थिए । यससँगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री सहित ८ र एमालेबाट ६ जान मन्त्री बनेका छन् । 


    तेस्रो आँखा