राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत

राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत


  • 9.0K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत

    काठमाडौं, १८ फागुन । कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् ।अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्त सुरेश आचार्यले जानकारी दिए । 

    images

    राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले छ जना उपाध्यक्ष, चार जना महामन्त्री र छ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् । 

    प्रवक्ता आचार्यका अनुसार उपाध्यक्षमा राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र वीर राय, डा. विष्णु भण्डारी र लाक्पा तामाङ तथा महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला छन् । 

    यसैगरी सहायक महामन्त्री हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिका प्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादवलाई मनोनयन गरिएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।  मनोनीतमध्ये अधिकांश राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा निकटका नेताहरू रहेकाे दावी गरिएकाे छ। 

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप