दीपक मनाङे कारागार चलान

दीपक मनाङे कारागार चलान


  • 2.6K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.1K Views

    दीपक मनाङे कारागार चलान

    काठमाडौं २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

    images

    मनाङेको मुद्धामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

    सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने छ । राजधानीको सानो भर्‍याङबाट पक्राउ परेका मनाङेलाई सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।


    तेस्रो आँखा