विद्यार्थीले 'एसियामा मेरो जीवन' चित्रमा बनाए

विद्यार्थीले 'एसियामा मेरो जीवन' चित्रमा बनाए


  • 2.4K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.6K Views

    विद्यार्थीले 'एसियामा मेरो जीवन' चित्रमा बनाए

    तुलसीपुर, २७ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका आधारभूत तहका विद्यार्थीहरुले एसियामा मेरो जीवन दर्शाउन चाहन्छु शीर्षकमा चित्र बनाएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले आयोजना गरेको कार्यक्रममा २९ वटा विद्यालयका विद्यार्थीहरुले चित्र बनाएका हुन् । 

    images

    विद्यार्थीहरुले बनाएका तस्बीरहरु राष्ट्रियस्तरमा आयोजना हुने चित्रकला प्रतियोगितामा समावेश गरिने भएको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख खड्काले विद्यार्थीहरुमा रहेका प्रतिभाहरुको प्रोत्साहन गर्नका लागि पालिकाकोतर्फबाट विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न सुरु गरिएको बताउनुभयो । 

    कार्यक्रममा प्रथम संस्कार पाठशाला कक्षा ५का दिव्यान्सु बस्नेत, द्वितीय ज्ञान ज्योति मावि कक्षा ६का रेनु जिसी, तृतीय राप्ती बाल एकाडेमी कक्षा ५का सौगात परियार र मावि कालाखोला कक्षा ४का अनिशा चौधरीले सान्त्वना हुनुभएको थियो । कार्यक्रममा विजयी विद्यार्थीहरुलाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । 

    कार्यक्रममा कार्यपालिका सदस्य बसन्ता केसी, शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताका निर्णायक मण्डलमा शिक्षा शाखाका अधिकृत मनबहादुर खड्का, शिक्षक सन्तोष परियार र गोमा वली चौधरी रहनुभएको थियो । कार्यक्रमको सञ्चालन मदनकृष्ण देवकोटाले गर्नुभएको थियो । 


    तेस्रो आँखा