• ट्रेण्डिङ्ग :
करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु, तीनजना पक्राउ

करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु, तीनजना पक्राउ


  • 2.5K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.9K Views

    करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु, तीनजना पक्राउ

    तुलसीपुर, २७ कात्तिक । तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गैरापातु निवासी ४० वर्षीय समशेर चलाउने रहेका छन् । 

    images

    चलाउने आफ्नो घरदेखि अन्दाजी एक सय मिटर टाढा भजना खोला किनारमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । मंगलबार पौने सात बजेको समयमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा पाँचजनाको टोली घटनास्थलमा खटिएको थियो । 

    स्थानीयसँग सोधपुछका क्रममा सोही ठाउँकी कमला विकको घरबाट विद्युत जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर चलाउनेकाे मृत्यु भएको खुलेको हो । घटनास्थलबाट प्रहरीले करेन्ट लगाउन प्रयोग गरिएको तारसहित तीन जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा तुलसीपुर वडा ७ का ४५ वर्षीय बलबहादुर बोहरा, सोही ठाउँका ६२ वर्षीय गोरे वली र १२ वर्षीय बालक रहेका छन् । मृतक चलाउनेको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।  


    तेस्रो आँखा