प्रमुख दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाए -राजेन्द्र लिङ्देन

प्रमुख दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाए -राजेन्द्र लिङ्देन


  • 8.6K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    प्रमुख दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाए -राजेन्द्र लिङ्देन

    काठमाडाैं,१८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएकाे आराेप लगाएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणकाे सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताएका हुन् । 

    images

    प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको उनले बताए । उनले दलहरुको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भिर संकटतर्फ उन्मुख भएको बताए । अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बिचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गरे । 

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप