• ट्रेण्डिङ्ग :
उत्तरी पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु


  • 2.9K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.4K Views

    उत्तरी पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

    पाकिस्तान २८ कात्तिक । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

    images

    एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार जानकारी दिएको छ।

    उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर असद अलीले भन्नुभयो, “बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।” 

    गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् । रासस


    तेस्रो आँखा