रवि लामिछानेको बयान आज पनि सकिएन

रवि लामिछानेको बयान आज पनि सकिएन


  • 4.6K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.1K Views

    रवि लामिछानेको बयान आज पनि सकिएन

    बुटवल, २८ कात्तिक । सहकारीको रकम हिनामिनाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सुरू गरिएको बयान आज पनि नसकिएको प्रहरीले जनाएको छ। लामिछानेलाई कात्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको थियो।

    images

    पोखराको सूर्यदर्शन सहकारीसँगै रूपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि लामिछानेको संलग्नता देखिएपछि रूपन्देही प्रहरीले अनुसन्धानको लागि अदालतबाट पक्राउ गर्न आदेश लिएको थियो।


    सोही अनुरूप मंगलबार दिउँसो लामिछानेलाई रूपन्देही ल्याई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरिएको थियो। मंगलबार र बुधबार दिनभर अनुसन्धान अधिकृतहरूले बयान लिए पनि बयान नसकिएपछि बिहीबार पनि थप बयान लिने गरी जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा लगिएको प्रहरीले जनाएको छ।

    सरकारी वकिलको कार्यालयमा भइरहेको बयानमा समेत संलग्न रहेका ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बुधबार साँझ साढे ६ बजेसम्म बयान लिँदा पनि नसकिएको बताउनुभयो । बयान नसकिएपछि बुधबार पनि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पण्डितले जानकारी दिनुभयो । 

    जिल्ला सरकारी वकिल प्रेमराज पौडेलको कार्यकक्षमा भइरहेको बयानमा प्रहरी नायब उपरीक्षक पण्डित र अन्य अनुसन्धान अधिकृतहरू संलग्न छन्।

    प्रहरीले लामिछानेसँग बयानका लागि गोर्खा मिडिया नेटवर्क प्रालि र सहकारीको रकम अपचलनसँग सम्बन्धित ७० वटा जति प्रश्न बनाएर सोधिरहेको जनाएको छ।

    बुटवलको सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड र गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जिबि) राई लगायतको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडियामा लगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

    जसमध्ये साढे २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष एवं प्रहरीका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीको नाममा गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। विभिन्न सहकारीको बचत रकम गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको भन्दै संसदीय विशेष छानबिन समितिले लामिछाने, जिबी राई सहित जोशीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो। राई फरार छन् भने लामिछानेसँगै बन्जाडेलाई पनि प्रहरीले पक्राउ गरेको छ।


    तेस्रो आँखा