• ट्रेण्डिङ्ग :
काठमाडौंमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौंमा एकै परिवारका तीन जना मृत फेला


  • 4.2K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.5K Views

    काठमाडौंमा एकै परिवारका तीन जना मृत फेला

    काठमाडौं, २९ कात्तिक । काठमाडौंमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। गोकर्णेश्वर नगरपालिका वडा ३ मा  एउटै परिवारका तीनजना बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन्। 

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार ३३ वर्षीया सीता मोक्तान नगरकोटी, उनकी  १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाको बच्चा मृत अवस्थामा भेटिएको हो। 

    उनका श्रीमान् (कान्छा नगरकोटी) ले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा बन्द कोठाभित्र शव भेटाएको हो ।

    एसपी अधिकारीअनुसार सीताका श्रीमान कान्छा नगरकोटीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।  


    तेस्रो आँखा