पाल्पा ३० कात्तिक । पाल्पाको रामपुरमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रामपुर नगरपालिका–५, भम्बकका अन्दाजी ५४ वर्षीय रामु काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काफ्ले आफ्नै घर नजिकै रहेको गोबर ग्यास सेफ्टिक ट्यांकीमाथि अचेत अवस्थामा फेला परेका थिए । उनको उद्धारपछि उपचारका लागि रामपुर अस्पताल पठाए पनि चिकित्सिकले उनलाई मृत घोषणा गरेका हुन् ।
