तुलसीपुर ३० कात्तिक । प्रहरीले एक हजार का १२ वटा नक्कली नोटसहित तुलसीपुरबाट चार जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुर तुलसीपुर ९ बेलुवा र वडा नं. ५ बसपार्क पिपलबोट बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर १० राइखल्यान निवासी ३० वर्षीय राममणी चौधरी, वडा नं.८ निवासी १७ वर्षीय सुमन बिक, वडा नं.९ दोघरे निवासी १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका वडा नं. ४ घर भई हाल तुलसीपुर ९ बेलुवामा बस्ने १७ वर्षीय शिशिर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उनीहरुलाई बिहीबार बेलुका ७ बजेको समयमा प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो । यस बिषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
