लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री

लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री


  • 2.9K
    SHARES
    • मंसिर १, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.4K Views

    लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री

    बुटवल १ मंसिर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा बिशेष ध्यान दिएको बताउनु भएको छ ।

    images

    बुटवल उपमहानगरपालिका-१२ मा रहेको  मुक्तिनाथ धाममा पुग्नु भएका मुख्यमन्त्री आचार्यले ऐतिहाँसिक महत्त्व बोकेका धाम तथा मठ मन्दिरको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरेर अघि बढ्ने बताउनु भएको हो ।, प्रदेशलाइ आर्थिक रुपमा बलियो बनाउने आधार पर्यटन क्षेत्र हो । हामी कहाँ भएका सम्पदाहरुलाइ पर्यटन संग जोडेर अघि बढेका छौं,उहाँले भन्नुभयो-लुम्बिनीका १२ जिल्लामा रहेका सम्पदाहरुलाइ पर्यटन सर्किट मार्फत जोड्छौं ।

    WhatsApp Image 2024-11-16 at 11.37.08 AM (1).jpeg

    लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकहरुलाइ लक्षित गरेर सिमानामा एकिकृत जाँच मार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको, ठाउँ ठाउँमा हुने पटके जाँचलाइ घटाउने र पर्यटनमैत्री बनाउने योजना सरकारले अघि बढाएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान समेत थाल्ने योजनामा छ । मुख्यमन्त्री आचार्यले धाममा पुजा अर्चना समेत गर्नु भएको थियो ।

    WhatsApp Image 2024-11-16 at 11.37.09 AM.jpeg


    तेस्रो आँखा