• ट्रेण्डिङ्ग :
रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते


  • 3.1K
    SHARES
    • मंसिर १, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.8K Views

    रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

    रुकुम १ मंसिर । रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् । काठमाडौँबाट रुकुमपश्चिम आठविसकोट नगरपालिका राडीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार आठविसकोटको रिठा नजिकै दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा परी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा