• ट्रेण्डिङ्ग :
तुलसीपुरमा बसले कुल्चिदा एकजना घाइते

तुलसीपुरमा बसले कुल्चिदा एकजना घाइते


  • 18.8K
    SHARES
    • मंसिर ३, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 28.9K Views

    तुलसीपुरमा बसले कुल्चिदा एकजना घाइते

    तुलसीपुर, ३ मंसिर । तुलसीपुरमा बसले कुल्चिदा एकजना घाइते भएका छन् । तुलसीपुरबाट काठमाडौं  जाँदै गरेको ना ६ ख ७४२९ नम्बरको बसले कुल्चिदा तुलसीपुर वडा ७ का ३५ वर्षीय माधव नेपाली घाइते हुनुभएको छ ।

    images

    उहाँलाई सोमबार बेलुका सवा ५ बजेको समयमा तुलसीपुर ६ घोराहीरोडमा बस चढ्ने क्रममा लडेपछि बसको अगाडीको टायरले कुल्चिदा खुट्टामा चोट लागेको छ । घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    उहाँको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बस र बसचालक सुरेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा