काठमाडौँ,मंसिर ७ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । डडेल्धुरामा भएको अधिवेशनमा देउवाले ७ सय ९१ मत प्राप्त गर्नुभयो । मतदानमा ८ सय ४६ मत खसेको थियो ।
कांग्रेसको बिधानमा पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने ब्यवस्था छ ।
तर सभापति देउवा भने जिल्ला मार्फत महाधिवेशनमा प्रतिनिधित्व गर्दै आईरहनु भएको छ । यस्तै देउवा पत्नी आरजु राणा देउवा भने सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।
