• ट्रेण्डिङ्ग :
मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो

मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो


  • 2.5K
    SHARES
    • मंसिर ५, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.9K Views

    मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो

    काठमाडौँ, ५ मंसिर । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई बयानका लागि बुधबार बिहान सरकारी वकिल कार्यलय काठमाडौँमा पुर्‍याइएको हो ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।

    प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत आरोप लगाएका थिए । सो भिडियोमा उनले कागजात पनि देखाएका छन् । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ ।


    तेस्रो आँखा