काठमाडौं ६ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउँदै हुनुहुन्छ ।
शाहका संवाद सचिव डा. फणीराज पाठकका अनुसार शाह लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी आउन लाग्नु भएको हो ।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा उनी सरिक हुने पाठकले जानकारी दिनुभयो ।
