दाङमा एक दम्पती माथि चक्कु प्रहार

दाङमा एक दम्पती माथि चक्कु प्रहार


  • 4.6K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.1K Views

    दाङमा एक दम्पती माथि  चक्कु प्रहार

    दाङ ६ मंसिर । दाङको घोराहीमा एक दम्पती माथी चक्कु प्रहार भएको छ । बिहीबार बिहान करिब साढे ९ बजेको समयमा दम्पती माथी चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

    images

    घोराही उपमहानगरपालिका वडा नं. १५ मा धर्मबहादुर बस्नेत र उहाँको श्रीमती माधवा बस्नेत माथी चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले तेस्रो आँखालाई जानकारी दिनुभयो । चक्कु प्रहार कस्ले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भई रहेको प्रहरी प्रमुख तिमिल्सेनाले जानकारी दिनुभयो । घाइते दम्पतिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेका छन् ।


    तेस्रो आँखा