करिब दुई किलो सुनसहित एक जना पक्राउ

करिब दुई किलो सुनसहित एक जना पक्राउ


  • 2.5K
    SHARES
    • मंसिर ७, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    करिब दुई किलो सुनसहित एक जना पक्राउ

    रसुवा ७ मंसिर । रसुवाबाट प्रहरीले करिब दुई किलो सुनसहित एक जना पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा कालिका गाउँपालिका-१, ग्राङबाट करिब २ किलो सुनसहित गोसाइकुण्ड गाउँपालिका-३, ब्रिद्धिमका ३४ वर्षीय कर्मा सोनाम लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी केशव भट्टराईका अनुसार लामालाई सुनसहित बिहीबार बेलुका पक्राउ गरिएको हो ।

    अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सुन फेला पारेको थियो । प्रहरीका अनुसार लामाले सुन आफूले लगाएका दुवै जुत्ताभित्र राखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा