पूर्व सुरक्षाकर्मी परिषद्काे राष्ट्रिय सभाध्यक्षलाई पत्र :एमसीसीलाई पुनःसंसदमा फर्काउन माग

पूर्व सुरक्षाकर्मी परिषद्काे राष्ट्रिय सभाध्यक्षलाई पत्र :एमसीसीलाई पुनःसंसदमा फर्काउन माग


  • 9.7K
    SHARES
    • फाल्गुण १९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    पूर्व सुरक्षाकर्मी परिषद्काे राष्ट्रिय सभाध्यक्षलाई पत्र :एमसीसीलाई पुनःसंसदमा फर्काउन माग

    काठमाडौं, १६ फागुन। पूर्व सुरक्षाकर्मी परिषद नेपालले आइतबार संसदबाट पारित गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पुनः संसदमा फर्काउन माग गरेको छ। राष्ट्रियताको विषयसँग जोडिएको एमसीसी परियोजना संसदअवरुद्ध भइरहेको अवस्थामा जवरजस्ती पारित गरिएको भन्दै त्यसलाई सर्वस्वीकार्य बनाउन पुनः संसदमै पठाउन राष्ट्रिय सभाका अध्यक्ष समक्ष माग गरेको हो।  

    images

    पूर्व सुरक्षाकर्मी परिषद नेपालले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसिनालाई पत्र लेख्दै सर्वपक्षीय सम्मेलनबाट स्वीकार्य हुनेगरी पूनः संसदमै छलफल गराउने गरि भूमीका खेल्न राष्ट्रिय सभाका अध्यक्षलाई अनुरोध गरेको छ। सरकारको यस किसीमको बल मिच्याइ र राष्ट्रघाती कदमले मुलुक ठूलो विग्रहमा जाने राष्ट्रिय सभाका अध्यक्षलाई लेखिएको पत्रमा उल्लेख छ।

    सरकारले एकतर्फि रुपमा व्यख्यात्मक विश्लेषण गरेको भन्दै विशिष्ट राजनीतिज्ञ,अभियानकर्ता, विश्लेषक, पत्रकार, कानुनव्यवसायी, पूर्व सचिवहरु लगायत विशिष्ट व्यसक्तिहरुको अवरोध हुँदा हुँदै एमसीसी ल्याइएको आरोप लगाएको छ। संसदमा समेत सबै दलहरुलाई छलफलमा सहभागि नगराई पास गरिएको कम्प्याक्ट राष्ट्रघाती भएको उल्लेख छ।

    यो निर्णयले देश आगामी दिनमा हिंसात्मक द्धन्दमा फस्ने सम्भावना रहेको समेत उल्लेख गरिएको छ। एमसीसी संझौता राष्ट्रिय सभाका अध्यक्षले मातृभूमिको माटोलाई शिरमा राखेर  पुनः संसदमा पठाउने निर्णय लिन अनुरोध गरेको  अध्यक्ष कोमलबहादुर राउतले हस्ताक्षेर गरेको पत्रमा  उल्लेख गरिएको छ।
    यस अघि पूर्व सुरक्षाकर्मी परिषद नेपालले एमसीसीलाई पुनः संसदमा फर्काउन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखेको थियो ।

     

     

     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • तेस्रो आँखा
    लेखकबाट थप