महोतरी ७ मंसिर । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार नायब सुब्बा यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा सवारीधनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकवालाले पटक(पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन अयोगमा दिएका थिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।
