काठमाडौं, १९ फागुन। एसएस फाउन्डेसनले दोलखाको आठ वाट विद्यालयलाई २१ सय वटा स्कुल को झोला हास्तरण गरेको छ। दोलखा जिल्लाको विभिन्न स्थानमा अवस्थित विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले बुधबार दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण गरेका थिए। राणाले एसएस फाउन्डेसनले धेरै ठूलो सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्तो स्कूलले बालबालिकाको लागि आपत विपतमा साथ दिँदै जाओस् भन्दै एसएस फाउन्डेसनलाई धन्यवाद दिए।
अध्यक्ष मदन दास श्रेष्ठ को अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ। फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देश भरी एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए। यस अघि एसएस फाउन्डेसन ले डोटी को के आई सिंह गाउँपालिका ४ मा अवस्थित झिमे मालिका विद्यालय लाई पनि आठ सय झोला वितरण गरेको थियो ।
फाउन्डेसनले बैतेश्वर माध्यमिक विद्यालय, श्री शैलुङ्गेश्वर आधारभूत विद्यालय, श्री मानेडांडा प्राथमिक विद्यालय, श्री गर्जाङढुङ्गा माध्यमिक विद्यालय, कुटिडांडा माध्यमिक विद्यालय, श्री क्षमावती माध्यमिक विधालय, श्री शान्ति आदर्श माध्यमिक विधालय र खानी प्राथामिक विद्यालयलगायतका ८ विद्यालयलाई सहयाेग प्रदान गरेकाे हाे ।
