• ट्रेण्डिङ्ग :
मेडिकल व्यवसायी प्रसाईँलाई म्याद थपको लागि अदालत लगियो

मेडिकल व्यवसायी प्रसाईँलाई म्याद थपको लागि अदालत लगियो


  • 2.0K
    SHARES
    • मंसिर ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.1K Views

    मेडिकल व्यवसायी प्रसाईँलाई म्याद थपको लागि अदालत लगियो

    काठमाडौँ, ९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपको लागि अदालत लगिएको छ ।

    images

    यसअघि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकोमा उक्त म्याद सकिएपछि पुन म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको हो । 

    गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएपछि उनी पक्राउ परेका थिए ।  साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ । 


    तेस्रो आँखा