काठमाडौं, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकामा तेस्रो पटक १० दिनको म्याद थपिएर उनीमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।
त्यस्तै यसअघि कार्तिक २५ गते १३ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । शुक्रवार म्याद सकिए पनि शनिवार सार्वजनिक बिदा भएकाले आइतबार लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।
