रोल्पा, ०९ मंसिर । रोल्पाको सुनछहरी गाउँपालिका-१ फुलिवनको शाखा आधारभूत बिद्यालयमा पहिलो पटक शिक्षक डिजिटल हाजिरी सुरुवात गरिएको छ ।
विद्यालय प्रशासनले बिद्यालयलाई बदलिँदो डिजिटल युगसँगै अगाडि लैजाने हेतुले बिद्यालयमा शिक्षक डिजिटल हाजिरीको सुरुवात गरिएको विद्यालयका प्रधानाध्यापक खिमबहादुर बिष्टले बताउनुभयो ।
विद्यालयले दैनिक विद्यार्थी तथा शिक्षक, कर्मचारीहरु उपस्थिति समेतको डाटा गुगल फोम मार्फत गरिरहेको विद्यालयका प्रधानाध्यापक बिष्टले बताउनुभयो । साथै विद्यालयमा दैनिकी शिक्षक तथा कर्मचारी बोर्ड, नागरिक बडा पत्र, सुझाव तथा गुनासो पेटिकाको समेत व्यवस्था भैसकेको प्रधानाध्यापक बिष्टले बताउनुभयो ।
विद्यालयले डिजिटल हाजिरी आफ्नै लगानीमा खरिद गरि जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बासे बिकले बताउनुभयो । विद्यालयमा डिजिटल हाजिरीसँगै अन्य डिजिटल प्रविधिहरु भित्र्याउन प्रयास भैरहेको विव्यस अध्यक्ष बिकले बताउनुभयो ।
बिद्यालयले डिजिटल हाजिरी जडानसँगै बिद्यालयको प्रशासन तथा शिक्षकहरुको हाजिरी लगायत कागजातहरु व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।
