पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना


  • 6.3K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं, २० फागुन। देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ। तराईमा मौसम सामान्यतया सफा देखिन्छ।

    images

    दिउँसो पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

    राति उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    शनिबार पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहने आँकलन गरिएको छ।


    तेस्रो आँखा