• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओेलीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्दै

प्रधानमन्त्री ओेलीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्दै


  • 2.5K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.8K Views

    प्रधानमन्त्री ओेलीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्दै

    काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज सार्वजनिक हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अब केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गदै हुनुहुन्छ ।

    images


    क्यानका अनुसार सोमबार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।

    एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उहाँले बताउनुभयो । आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । ट्रफी अनावरण कार्यक्रममा उहाँहरुलाई खादा ओढाएर सम्मानसमेत गरिएको छ ।


    तेस्रो आँखा