• ट्रेण्डिङ्ग :
राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने


  • 1.7K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 2.6K Views

    राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने

    काठमाडौं १० मंसिर । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ । राहदानी विभागले सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा आउँन अझै दुई साता लाग्ने जनाएको छ । राहदानी आवेदन प्रणाली केही दिनदेखि अवरूद्ध हुँदा सेवा प्रभावित बनेको छ।

    images

    विभागले राहदानी विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको पनि बताएको छ । यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको विभागको भनाइ छ । एक/दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने पनि विभागले जानकारी दिएको छ ।

    विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको पनि उल्लेख गरेको छ । सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला, इलाका प्रशासन र विदेशस्थित नियोगहरूमा राहदानी सेवा बन्द गर्नुपरेको विभागले  जनाएको छ । 

    rahadani-notice-1732512337.jpg


    तेस्रो आँखा