• ट्रेण्डिङ्ग :
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु


  • 3.0K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.6K Views

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    तुलसीपुर, १० मंसिर । तुलसीपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक शाखाको सहकार्यमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको हो । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको अध्यक्षतामा तथा नगर प्रमुख टिकाराम खड्काको उपस्थितिमा अभियानको उद्घाटन भएको हो । हामी सबैको प्रतिबद्धता :  लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ तुलसीपुर उपमहानगरपालिकाको प्राङ्गणमा १६ दिने अभियान शुभारम्भ भएको हो । 

    images

    तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले महिला हिंसा सबैभन्दा अपराधिक विभेद भएको बताउनुभयो । "महिला हिंसालाई समाजबाट न्युनिकरण गर्नका लागि प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हामीले घरदैलो, बस्तिहरुमा र विद्यालयमा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौं" उहाँले भन्नुभयो ।

    उहाँका अनुसार लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान संचालन गर्दा सरोकारवाला र पीडितहरुको बिचमा पनि पुग्ने गरिएको छ । पीडितको माझमा जाँदै गर्दा समाजमा लुकेर रहेका हिंसा, विभेदमा  बसेका विभिन्न डर र त्रासका कारणले हिंसाको सिकार भएका घटनालाई सार्वजनिक रुपमा ल्याउन सकेमा समाजमा हुने सबै किसिमका अपराधहरु मध्ये महिला हिंसाको अपराधलाई पुर्ण रुपमा निर्मुल गर्न सकिने मेयर खड्काले बताउनुभयो । 

    0bc2d886-5226-4a2f-a095-b9fbb0988eaa.jfif

    तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले जस्ले पढ्न सक्नुहुन्न त्यस्ता दिदिबहिनी र दाजुभाईहरुलाई आआफ्नो ठाउँबाट सहयोग गर्ने बताउनुभयो । सबै जना शिक्षित भए मात्र लैंगिक हिंसा विरुद्धको अभियानले सार्थकता पाउँने बताउनुभयो । उहाँले जस्ले आम्दानी गर्न सक्नुहुन्न त्यस्ता महिलाहरु नै बढी मात्रामा हिंसामा परेको बताउनुभयो । "हामीले शिक्षामा सबैलाई अग्रसरता दियौ भने आआफ्नो अधिकार लिएर अगाडि बढ्छन त्यस्तो भएमा हिंसामा पनि कमी आउँछ" उपमेयर चौधरीले भन्नुभयो ।

    d2445ef9-f262-4518-acd7-f690922d124e.jfif

    उक्त अवसरमा हिंसा गर्दिन र हिंसा पनि सहन्न भन्ने मुल सोचका साथ सबै उपस्थितहरुले सेतो रिवन लागाउनु भएको थियो । सन १९९१ मा क्यानडाबाट लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मनाउन सुरु भएको थियो । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानले समाजमा घटेका विभिन्न किसिमका परिघटनाहरुलाई न्युनिकरण गर्न र हिंसाको सिकारमा परेका आम नागरिकहरुलाई न्याय दिने काम गर्नेछ । 

    महिला, बालबालिका तथा सामाजिक शाखाकी पुष्पा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहजीकरण शिक्षा महाशाखाका अधिकृत मन बहादुर खड्काले गर्नुभएको थियो ।


    तेस्रो आँखा