बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा


  • 2.5K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.9K Views

    बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

    धनुषा, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनु भएको छ ।

    images

    जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ऋण लिनु ठिक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताउनुभयो ।

    सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताउनु भएको छ ।

    फरक प्रसङ्गमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताउनुभयो ।

    सभापति देउवाले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 


    तेस्रो आँखा