तराईमा हुस्सु, हिमाली भागमा हिमपातको सम्भावना

तराईमा हुस्सु, हिमाली भागमा हिमपातको सम्भावना


  • 1.8K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.8K Views

    तराईमा हुस्सु, हिमाली भागमा हिमपातको सम्भावना

    काठमाडौं, १३ मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान देशको  पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले तराईका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सुरकुहिरो पनि लागेको छ।

    images

    बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। 

    दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

    बिहीबार राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ। 


    तेस्रो आँखा