• ट्रेण्डिङ्ग :
ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते


  • 2.0K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.1K Views

    ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

    काठमाडौं १३ मंसिर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् ।

    images

    भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो । दुर्घटनामा नवीनाका श्रीमान जिते देउला घाइते छन् । उनको नागरिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा