रुखबाट लडेर ५४ वर्षीय सुनारको मृत्यु

रुखबाट लडेर ५४ वर्षीय सुनारको मृत्यु


  • 6.3K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 9.6K Views

    रुखबाट लडेर ५४ वर्षीय सुनारको मृत्यु

    तुलसीपुर १४ मंसिर । तुलसीपुरमा रुखबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ तमाखे निवासी ५४ वर्षीय जेमबहादुर सुनार रहेका छन् ।

    images

    सुनार बिहीबार बिहान पौने ९ बजेको समयमा घर नजिकै रहेको लिपलिपेको रुखबाट घाँस झार्ने क्रममा रुखको हाँगा भाचिएर लडेका थिए । रुखबाट लडेर टाउँकोमा चोट लागेका सुनारको उपचारको क्रममा नर्सिङ होम नेपालगञ्जमा सवा १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा