तुलसीपुर, १४ मंसिर । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । शुक्रबार बिहान करिब १० बजेको समयमा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा१ख १६८२ नम्बरको बस आफै अनियन्त्रित भइ सडकदेखि करिब ३०० मिटर तल पल्टिएको हो ।
बस तुलसीपुर वडा नम्बर १८ डाँडाँगाउँस्थित घोराही–तुलसीपुर सडकखण्डमा पल्टिएको हो । उक्त दुर्घटनामा परी तुलसीपुर–१८ निवासी चलमान बुढामगर, सोही ठाउँका ३१ वर्षीया इन्द्रा थापा, घोराही ११ निवासी २५ वर्षीय माधव डाँगी, सोही ठाउँका ६० वर्षीय रुद्रबहादुर कामी, घोराही १८ का ६३ वर्षीय नरबहादुर नेपाली, सल्यान शारदा नगरपालिका १० निवासी ३६ वर्षीय ढाँकाराम कवर, तुलसीपुर १७ निवासी १७ वर्षीय आँचल शर्मा घाइते हुनु भएको छ ।
त्यसैगरी तुलसीपुर १८ निवासी ५९ वर्षीया रमा परियार, तुलसीपुर १७ निवासी ३६ वर्षीया राधा केसी, सोही ठाउँका ४६ वर्षीय नरबहादुर नेपाली, बुटवल उपमहानगरपालिका ११ निवासी २६ वर्षीय नविन पराजुली, भारत तेलगंगा घर भइ ज्योतिष काम गर्ने ३९ वर्षीय कल्याण जगम, घोराही ५ निवासी ५२ वर्षीय तिलविक्रम गिरी, घोराही १५ निवासी ५४ वर्षीय डबल बहादुर डाँगी पनि घाइते हुनु भएको छ ।
त्यस्तै तुलसीपुर १८ निवासी वर्षीय नन्दकली वली, शान्तिनगर ६ निवासी नविन वली, तुलसीपुर १८ निवासी २९ वर्षीया अकृति पुनमगर, तुलसीपुर १७ निवासी ७९ वर्षीय दुर्गाबहादुर केसी, सोही ठाउँका ७८ वर्षीया नमा केसी, सहचालक घोराही १४ निवासी २२ वर्षीय सागर नेपाली, घोराही १७ निवासी ४० वर्षीय गंगाराम पोख्रेल र बबई गाउँपालिका ४ निवासी अमर थापा घाइते हुनुभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । घाइतेमध्ये दुर्गाबहादुर केसीको टाउको र खुट्टामा चोट लागेको र उहाँको अवस्था गम्भिर रहेको थापाले जानकारी दिनुभयो ।
घाइते मध्ये बसका सहचालक नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडी चालक घोराही १० निवासी २८ वर्षीय मनोज चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रण लिएको छ ।
