संयुक्त विरोधसभामा जाने भनेका तीन नेताले ढाटेपछि...

संयुक्त विरोधसभामा जाने भनेका तीन नेताले ढाटेपछि...


  • 13.8K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 21.3K Views

    संयुक्त विरोधसभामा जाने भनेका तीन नेताले ढाटेपछि...

    काठमाडौं, २० फागुन। व्यवस्थापिका संसदबाट पारित भएको अमेरिकी सहायता विकास परियोजना एमसीसीविरुद्ध नेपालका साना कम्युनिष्ट दलहरुसँगै सरकार सम्बद्ध नेताहरुसमेत एकजुट हुने बताइएपनि आजको संयुक्त विरोधसभामा त्यो देखिएन। ६ दल र दुइ मोर्चाले संयुक्तरुपमा गरेको विरोधसभालाई सम्बोधन गर्ने भनीएका नेकपा एमालेका नेता भीम रावल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका नेता झलनाथ खनालल सहभागि भएनन्।  

    images

    एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै निरन्तर विरोधमा उत्रिएका ‘वाम’ नेताहरु एकठाउ गोलबद्ध हुने संकेत देखाएपनि पार्टी हित विपरित हुने भन्दै उनीहरु आजको विरोधसभामा गएनन। संयुक्त विरोधसभालाई सम्बोधन गर्ने भनीएका नेता भीम रावलले आफू एमालेको नेता भएकाले विरोध सभामा जान नमिल्ने बताए। उनले तेस्रो आँखासँग भने,‘मलाई कार्यक्रमम आउन आग्रह गरिएको थियो,’ तर राष्ट्रियताका विषयमा उठाइएको मुद्धामा समर्थन रहेपनि अरु दलहरुले गरेको आन्दोलनमा एमालेको सदस्य भएका कारण जान मिलेन् ।’

    राष्ट्रघाती कदमकोविरुद्ध विप्लव लागत नेताहरुले गरेको आन्दोलनको शुभकामना दिने र व्यक्तिगत समर्थन गरेपनि पाटीगत हिसावले नमिल्ने उनले प्रष्ट पारे। यदी विचार गोष्ठी वा छलफल भएको भए जान्थे,’ उनले भने, आन्दोलनकै कार्यक्रममा जाने र सम्बोधन गर्ने भन्ने कार्यक्रमको सेड्यूल मेरो थिएन।’

    एमसीसी सम्झौता नै खारेज गर्नु पर्ने एजेण्डा बोकेर सडकदेखि सदन सम्म विरोध जनाएका ती नेताहरु सदनबाट अनुमोदन भएपछि पनि विरोध कायमै राखेको बताएका छन्। नेकपा आमोवादीका नेता नेता नारायणकाजी श्रेष्ठ समेत आएनन्। संयुक्त विरोध सभालाई सम्बोधन गर्ने भनेपनि पार्टीभित्र थप अप्ठ्यारो पर्ने र पार्टीले कारवाही गर्ने देखेपछि उनी कार्यक्रममा गएनन्। पदाधिकारी छनोटका विषयमा पार्टीको बैठकसमेत परेकाले उनी विरोध कार्यक्रममा नगएको बुझिएको छ। श्रेष्ठले पार्टीको महत्वपूर्ण जिम्मेवारी हत्याउनका लागी प्रचण्डसँग बार्गेनिङ गरेको एक नेताले बताए। त्यस्तै झनाथ खनाल समेत पाटीले एमसीसी पास गर्ने निर्णय अनुसार अघि बढीसकेकाले पार्टीको निर्देशनविना आन्दोलनमा जाने कुरै भएन्।

    खनाल, श्रेष्ठ र रावल तीनजना नेताहरु कार्यक्रममा नआएपछि ६ दल र दुई मोर्चाले संयुक्तरुपमा गरेको आन्दोलन त्यती प्रभावकारि देखिएन्। नेताहरुले जनसभालाई सम्बोधन गर्ने भनेपनि पार्टीको निति विपरित हुने भन्दै नआएको कार्यक्रममा सहभागी एक नेताले बताए। मोर्चा बाहेक सरकारमा रहेका चारवटै दलको सहमतिमा व्यख्यात्मक टिप्पणीसहित एमसीसी सदनबाट पास गरेसँगै उक्त परियोजना अघि बढीसकेको सरकारले जनाएको छ। विकास परियोजनाका नाममा आएको अनुदानका विषयलाई अनावश्यक उचालेर एमसीसी विरोधीहरुले चै राष्ट्रघात गरेको एमसीसी पारित गर्ने दलहरुको भनाइ छ।

    एमसीसीकै कारण नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा आन्तरिक समस्या चुलिएको छ। सत्तागठबन्धनमा सामेल जनमोर्चाले एमसीसी पारित भएसँगै गठबन्धनमा नरहेको घोषणाका साथ आन्दोलनको मोर्चामा सहभागी रहेका छ। शुक्रबार विप्लव समूहको नेकपा, ऋषी कटेलको नेकपा, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, र नेकपा (क्रान्तिकारी माओवादी) सहितका साना कम्युनिष्ट पार्टीहरु र दुई मोर्चा एमसीसीको विरुद्धमा मोर्चावन्दीका साथ आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्को छ।


    जीवन शर्मा
    लेखकबाट थप