• ट्रेण्डिङ्ग :
रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु


  • 5.5K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 8.5K Views

    रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    काठमाडौं १४ मंसिर । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रामेछापाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो । १४ जनाको सीट क्षमता भएको सो गाडीमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार अनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेका छन् । दुर्घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


    तेस्रो आँखा