काठमाडौं १४ मंसिर । रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित थिए । शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ । गाडीमा ८ जना सवार रहेको बताईएको छ । अन्य तीन जना घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाईएको छ ।
