• ट्रेण्डिङ्ग :
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


  • 2.8K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.3K Views

    दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धानका लागि आज प्रहरीलाई ५ दिन थप समय दिएको हो ।

    images

    प्रसाईं यही मंसिर ४ गते भक्तपुरस्थित अफ्नै निवासबाटै पक्राउ परेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए । प्रसाई दुई महिनाको अवधिमा दोस्रो पटक पक्राउ परेका हन् ।

    यसअघि उनी गत असोज ६ गते पनि विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका थिए ।


    तेस्रो आँखा