• ट्रेण्डिङ्ग :
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने


  • 2.7K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.2K Views

    मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

    काठमाडौँ, १४ मंसिर । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ ।

    images

    उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोगले जनाएका छ ।

    तसर्थ उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइटमा नै अद्यावधिक गरिने आयोगले राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धित सबैमा जानकारी दिएको छ ।

    Nirbachan-aayog-mk-1.jpg


    तेस्रो आँखा