आजको मौसम : तीन प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : तीन प्रदेशमा हिमपातको सम्भावना


  • 2.2K
    SHARES
    • मंसिर १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.4K Views

    आजको मौसम : तीन प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौं, १५ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

    images

    कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    भोलि आइतबार कोशी प्रदेश र मधेस प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 


    तेस्रो आँखा