• ट्रेण्डिङ्ग :
आज मौसम सफा रहने

आज मौसम सफा रहने


  • 3.7K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.7K Views

    आज मौसम सफा रहने

    काठमाडौं, १६ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बंगालको खाडीमा रहेको चक्रवात फेनजलको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

    images

    देशभर अहिले बिहान मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले जानकारी दिएको छ।

    आइतबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    तेस्रो आँखा