साइबर ब्यूरोमा पुगिन रेखाथापा

साइबर ब्यूरोमा पुगिन रेखाथापा


  • 10.0K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    साइबर ब्यूरोमा पुगिन रेखाथापा

    काठमाडाैं,२० फागुन । अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् । रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेकी थिइन् ।

    images

    आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ । पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात रेखामाथि गालीगलौज सुरु भएको थियो ।

    साइबर ब्यूरोका एसएसपी नबिन्द अर्यालले रेखाको तर्फबाट निवेदन आएको पुष्टि गरे । उनले भने, ‘उहाँको निवेदन आएको छ । हामी अध्ययन गरिरहेका छौं,’ उनले भने । आजै साइबर ब्यूरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पिडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोष्ट नगर्न चेतावनी दिएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप