काठमाडौं १६ मंसिर । रोल्पामा झोलुङ्गे पुल निर्माणका लागि खाडल खनेर वाल लगाउने क्रममा माथीबाट माटोको ढिस्को खस्दा खाडलमा पुरिएर पाँज जना कामदारको मृत्यु भएको छ ।
आइतबार बिहान ९ः५० बजेको सयमा रोल्पाको सुनछहारी गाउँपालिका वडा नं. ३ बाहिरी गाममा भन्ने स्थानमा काम गरिरहेका सात जना कामदार मध्ये दुई जना बाहिर निस्कन सफल भएका छन् भने त्यसमा पुरिएर पाँज जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनछाहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती र ६६ वर्षीया देविराम परियार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाँईले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
मृतक पाँचै जनाको शव पुरिएको स्थानबाट निकालिएको छ । आवश्यक प्रक्रिया पुरा गरेर शव पोस्टमाटमका लागि जिल्ला अस्पताल पठाउने तयारी भई रहेको चापागाईले जानकारी दिनुभयो ।
