• ट्रेण्डिङ्ग :
छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइयो

छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइयो


  • 2.4K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.7K Views

    छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइयो

    काठमाडौं, १६ मंसिर । गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआइजी छविलाल जोशीलाई चितवन लगिएको छ । चितवनको भरतपुर स्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि आज उनलाई चितवन ल्याइएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार जोशीसंगै रामबहादुर खनालललाई पनि चितवन ल्याइएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता पठाइने प्रहरीले जनाएको छ । एसपी मिश्रका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि चितवन ल्याइने छ ।

    साहारा सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री लामिछानेसहित १० जनाविरुद्ध बचतकर्ताले यही मंसिर ५ गते जाहेरी दिएका थिए ।

    अहिले रास्वपा सभापति लामिछानेमाथि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा अनुसन्धान भइरहेको छ ।


    तेस्रो आँखा