१६ वटा युट्युब च्यानलाई अनुसन्धान गरी कारबाही गर्न साइबर ब्‍यूरोमा सिफारिस (विवरणसहित)

१६ वटा युट्युब च्यानलाई अनुसन्धान गरी कारबाही गर्न साइबर ब्‍यूरोमा सिफारिस (विवरणसहित)


  • 6.0K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    १६ वटा  युट्युब  च्यानलाई अनुसन्धान गरी कारबाही गर्न  साइबर ब्‍यूरोमा सिफारिस (विवरणसहित)

    काठमाडाैं,२० फागुन । प्रेस काउन्सिल नेपालले १६ वटा  युट्युब च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेका हुन् । 

    images

    हालसम्‍म विभिन्‍न सञ्चारमाध्‍यमबाट सम्प्रेषित सामग्री अध्‍ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्‍यक्ति तथा पीडितहरुको पक्ष र विपक्ष हुने गरी सामग्री सम्प्रेषण भएकाे पाइएकाले १६ वटा  युट्युब  च्यानललाई कारबाहिका लागी सिफारिस गरिएकाे खनालले बताए । 

    यसरी सामग्री सम्प्रेषण हुँदा सत्‍यतथ्य छानबिनलगायत समग्र न्‍यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्‍यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने उनकाे भनाइ छ । याे कार्य पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६० को दफा ५९११०, ५९४० र ४ ९९०को ठाडो उल्लंघन भएको खनालले बताए ।  

    यी हुन् कारबाहीका लागि सिफारिस गरिएका युट्युब च्यानलहरु:

    १. टिसिने नेपाल
    २. सुपर अनलाइन
    ३. ए वान समाचार
    ४. मिडिया ताजा खबर
    ५. नेपाली मन मिडिया
    ६. पुमा गौरव राई
    ७. नौलो शुभ अनलाइन
    ८. नयाँ खोज नेपाल
    ९. लक्ष्मण म्युजिक मिडिया
    १०. अर्घाखाँची मिडिया
    ११. विशाल नेपाल
    १२. मुन अफ नेपाल
    १३. डिएमजी नेपाल
    १४. नेपाली माटो
    १५. समर्पित प्रकाश
    १६. रातोपाटी मिडिया (नोट: रातोपाटी डटकमको युट्युब होइन)

  • सम्बन्धित विषय:

  • # प्रेस काउन्सिल

  • तेस्रो आँखा
    लेखकबाट थप