तुलसीपुर १७ मंसिर । गत शुक्रबार घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस दुर्घटनामा परि घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परि घाइते भएकी तुलसीपुर १८ निवासी इन्द्रा थापाको उपचारको क्रममा आइतबार बेलुका साढे ७ बजेको समयमा नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
थापालाई हात, खुट्टा र ढाडमा चोट लागेको थियो । गत शुक्रबार घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १३८२ नं. को यात्रु बहाक बस तुलसीपुर १८ डाँडाँगाउमा अनियन्त्रि भई पल्टिएको थियो । उक्त दुर्घटनामा परि २२ जना यात्रु घाइते भएका थिए ।
