• ट्रेण्डिङ्ग :
कीर्तिपुर- ४ मा कांग्रेसका राजेन्द्र बानिया विजयी

कीर्तिपुर- ४ मा कांग्रेसका राजेन्द्र बानिया विजयी


  • 2.5K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.8K Views

    कीर्तिपुर- ४ मा  कांग्रेसका राजेन्द्र बानिया विजयी

    काठमाडौं, १६ मंसिर । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । भर्खरै सकिएका मतगणनाअनुसार कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १ हजार ५५ मतसहित वडाध्यक्ष निर्वाचित हुनुभएको हो । 

    images

    त्यहाँ स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन् भने एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याए । माओवादीका नारायण विष्टले ३८१ मत ल्याउँदा राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याएका छन् ।

    ०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए । यसपालि स्वतन्त्रबाट उनकी श्रीमती पविता खड्का उम्मेदवार थिइन् । त्यसबेला श्यामकुमारसँग कांग्रेसका राजेन्द्र बानियाँ पराजित भएका थिए । कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ ।


    तेस्रो आँखा