सामाजिक सञ्जालबाट भ्रामक सूचना फैलाए कारवाहीः नेपाल प्रहरी 

सामाजिक सञ्जालबाट भ्रामक सूचना फैलाए कारवाहीः नेपाल प्रहरी 


  • 10.0K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    सामाजिक सञ्जालबाट भ्रामक सूचना फैलाए कारवाहीः नेपाल प्रहरी 

    काठमाडौं, २० फागुन । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ। 

    images

    युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही गरिने समेत प्रहरीले जनाएको छ। 

    विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई समेत प्रभावित गर्ने उदेश्यबाट भ्रामक सूचना फैलाएको आरोप प्रहरीले लगाएको छ।

    यस्ता क्रियाकलापले समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पिडितको गोपनीयताको हक हनन् गरेको प्रहरीले जनाएको छ। 

     


    तेस्रो आँखा